दक्षिण अफ्रिकी महिलाले ‘एकै पटक जन्माइन् १० सन्तान’, विश्वमै अनाैठाे घटना

दक्षिण अफ्रिकी महिलाले ‘एकै पटक जन्माइन् १० सन्तान’, विश्वमै अनाैठाे घटना

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छिन्। एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने बताइएको छ।

गोसियामे थमारा सिथोलेका पतिका अनुसार पहिला स्क्यान गर्दा गर्भमा आठ वटामात्र बच्चा देखिएको थियो। तर १० वटा जन्मिँदा आफू छक्क परेको उनले बताए।

"सात छोरा र तीन छोरी छन्। म खुसी छु, म भावुक भएको छु। म धेरै कुराकानी गर्न सक्दिनँ," सोमवार राति बच्चा जन्मिएपछि टेबोहो सोतेत्सीले प्रिटोरीआ न्यूजलाई बताए।

पहिला पनि जुम्ल्याहा

सैँतीस वर्षीया सिथोले पहिले पनि जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनीहरू अहिले छ वर्षका भए। गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

दक्षिण अफ्रिकी अधिकारीहरूले बीबीसीसँग एकै पटकमा १० वटा बच्चा जन्मिएको पुष्टि गरे।गिनिज वर्ल्ड रेकर्ड्सले बीबीसीसँग सिथोलेको विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

अरू घटना
सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिइन्। एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उनकै नाममा रहेको छ।
तर गत महिना मात्र मालीकी २५ वर्षीया हालिमा सिसेले नौवटा बच्चालाई जन्म दिएकी थिइन्।

धेरै भ्रूण भएको गर्भ प्रायः खेर जाने गरेको बताइन्छ

मोरक्कोको क्लिनिकमा उनी अहिले राम्रो स्वास्थ्य अवस्थामा रहेको बताइएको छ। धेरै बच्चाहरू भएको अधिकांश गर्भ अपरिपक्व अवस्थामै अन्त्य हुने गरेको बीबीसी अफ्रिकाका स्वास्थ्य संवाददाता रोडो ओडियाम्बो बताउँछिन्।

एकै पटकमा तीन वटाभन्दा बढी बच्चा जन्मिने घटना दुर्लभ हुन्छन्। प्राय: सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा मात्र त्यस्ता घटना हुने गरेको पाइन्छ। तर यो घटनामा ती दम्पतीले प्राकृतिक रूपमै गर्भाधान गरेका थिए।बीबीसीबाट

Skip This
Skip This
Logo