‘राजनीतिमा द्वन्द्व मात्र नभई मेलमिलाप पनि हुन्छ, मलाई विश्वासको मत दिनुस्’: मुख्यमन्त्री गुरुङ

‘राजनीतिमा द्वन्द्व मात्र नभई मेलमिलाप पनि हुन्छ, मलाई विश्वासको मत दिनुस्’: मुख्यमन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत माग्दै राजनीतिमा द्वन्द्वमात्र नभई मेलमिलाप पनि हुने बताएका छन्।

उनले आफूलाई विश्वासको मत दिएमा प्रदेशलाई एकताबद्ध बनाएर अघि बढ्नेसमेत बताए। म सबैलाई एकताबद्ध बनाउँछु, मलाई विश्वासको मत दिनुहोस, उनले भने।

गुरुङले प्रदेशसभाको पूर्णकार्यकाल र संघीयताको सबलीकरणका लागि पनि आफूलाई मत दिनुपर्ने दाबी गरे।

‘हालसम्म प्रदेशले प्राप्त गरेको उपलब्धी सुरक्षित गर्दै समृद्ध प्रदेशको महान् अभियानका लागि आफूलाई विश्वासको मत दिनुपर्ने उनको भनाइ थियो। उनले समाज रुपान्तरणका लागि बहुलताका बीच एकता कायम गर्नुपर्ने पनि बताए।

आफूले विश्वासको मत पाए नीति तथा कार्यक्रम र बजेट पेश गर्ने अन्यथा संविधानको व्यवस्था अनुसार अगाडि बढ्नेसमेत बताए।

प्रदेशसभामा नेकपा एमालेबाहेकका दलको बहुमत नपुग्ने भन्दै त्यो कुरा एक महिनाअघि नै प्रमाणित भइसकेको दावी गरे।

गुरुङ संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको हैसियतका मुख्यमन्त्री छन्।

Skip This
Skip This
Logo