नेपालमा कोरोनाः आज ५ हजार २२५ जना निको भए, ६७ को मृत्यु

नेपालमा कोरोनाः आज ५ हजार २२५ जना निको भए, ६७ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ।

नेपालमा आज ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार ४१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख ४ हजार ३९६ जना पुगेको छ। 

आज ६७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ।

आज १५ हजार १८२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३१ लाख ९८ हजार ७०२ जनाको पीसीआर र ९६ हजार ९५२ जनाको एन्टीजेन परीक्षण गरिएको छ। 

Skip This
Skip This
Logo