चौधरी फाउण्डेसनद्वारा वीर अस्पतालमा १८ शय्याको आइसियु वार्ड निर्माण

चौधरी फाउण्डेसनद्वारा वीर अस्पतालमा १८ शय्याको आइसियु वार्ड निर्माण

केन्द्रबिन्दु
0
Shares

देशकै जेठो वीर अस्पतालमा चौधरी फाउण्डेसनले आइसियु वार्ड स्थापना गरि अस्पताललाई हस्तान्तरण गरेको छ। कोरोनाको दोस्रो लहरबाट संक्रमित नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा आइसियु वार्ड निर्माण गरेको हो।

वीर अस्पतालको नयाँ भवनको पहिलो तलामा नौ र दोस्रो तलामा नौ शय्या गरि कुल १८ शय्याको आइसियु वार्ड निर्माण भएको छ।

चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का कार्यकारी प्रमुख प्रा.डा.जागेश्वर गौतमलाई आइसियु वार्ड हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि नेपालीको सेवामा समर्पित गरिएको बताए।

यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्रा.डा. देवनारायण शाहले कोभिड महामारीको संवेदनशील समयमा वीर अस्पतालमा १८ शय्याको आइसियु वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउण्डेसनले उदाहरणीय काम गरेको बताए । 

कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का कार्यकारी प्रमुख प्राडा जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पुर्याएको योगदानका लागि धन्यवाद दिँदै यसले उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

Skip This
Skip This
Logo