नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लकडाउनलाई खुकुलो बनाउँदै लैजान आग्रह गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै नाडाले घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई ध्यान दिंदै लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजान सरकारसँग आग्रह गरेको हो।
जनतालाई छिटो भन्दा छिटो खोपको समुचित व्यवस्था गरी संक्रमणबाट बच्न र अन्य सुरक्षात्मक उपायहरूको कडाइकासाथ पालन गराउन पनि माग गरेको छ ।
उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउनु पर्ने पनि नाडाको माग छ।































प्रतिक्रिया