गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नयाँ सरकार गठनका लागि पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका थिए तर निर्धारित समयसम्म पोखरेलको मात्र दाबी परेपछि उनलाई नै मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका गठबन्धनले स–शरीर उपस्थित भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाएका थिए ।
नयाँ सरकारको दाबी गर्ने मध्ये नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसद छन्।
































प्रतिक्रिया