डेनमार्कलाई हराउँदै फिनल्याण्डको ऐतिहासिक जीत

डेनमार्कलाई हराउँदै फिनल्याण्डको ऐतिहासिक जीत

केन्द्रबिन्दु
0
Shares

फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ।

कोपनहेगनमा शनिबार राति डेनमार्कलाई १ /० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो।

फिनल्याण्डको जीतमा जोएल पोहनपालोले निर्णायक गोल गरे। जोएलले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए।

यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो। खेलको ७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए। उनको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए।

युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जीत हो। पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा पहिलो जीत हो।

जीतसँगै समूह बी को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ। डेनमार्कले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

Skip This
Skip This
Logo