६ सयले घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

६ सयले घट्यो सुनको मूल्य, आज कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। सुन आज ६ सयले घटेको हो। 

गत हप्ता आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो। मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। बिहीबार ३ सयले घटेको भएपनि शुक्रबार ६ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार ९ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ४ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार ३७० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo