काठमाडौं उपत्यकामा आज ६५३ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज ६५३ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ६५३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना रहेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ।

नेपालमा आज २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७१३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख ८ हजार ४७२ जना पुगेको छ। 

आज ४६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ।

आज १२ हजार ४०६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख २२ हजार ५५४ जनाको पीसीआर र १ लाख ७ हजार ८२९ जनाको एन्टीजेन परीक्षण गरिएको छ। 

Skip This
Skip This
Logo