कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्मका लागि सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्पन्न हुन नसक्ने भएको छ।
सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो। यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्नेगरी काम थाले पनि कोभिड–१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो।
टुन्डी सुसन जेभी निर्माण कम्पनीले ७ करोड रुपैयाँमा ०७८ सालको असारसम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो। हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख ई.कुवेर नेपालीले बताए। निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उनले बताए।
मौसम राम्रो भएमा यसै आर्थिक वर्षभित्रमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिने तर्फको विस्तारित ३ लेन बराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देव्रे तर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानुनी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने प्रमुख नेपालीले बताए।





























प्रतिक्रिया