युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको छ । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २-१ ले स्तब्ध पारेको हो ।
खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमा नै पोल्यान्डले बराबरी गोल फर्काउन सफल रह्यो । खेलमा पकड जमाउँदै अग्रता लिने सुरमा कस्सिएको पोल्यान्ड ६२ औं मिनेटमा १० खेलाडीमा समेटियो ।
६९ औं मिनेटमा स्लोभाकियाले फेरी अग्रता लियो । कर्नरमा आएको बललाई डिफेन्डर मिलान स्क्रिनियारले गोलमा परिणत गरे ।
यस जितसँगै स्लोभाकियाले समूहमा तीन महत्त्वपूर्ण अंक जोडेको छ ।































प्रतिक्रिया