युरोकपमा आज दुई खेल हुँदै: पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनी भिड्ने

युरोकपमा आज दुई खेल हुँदै: पोर्चुगल र हंगेरी तथा फ्रान्स र जर्मनी भिड्ने

केन्द्रबिन्दु
0
Shares

१६ औं संस्करणको युरोकप २०२० फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन्। युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपमा आज समूह ‘एफ’ का दुई खेलहरु संचालन हुँदैछन्। पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ।

साविक विजेतासमेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको घरेलु मैदान बुडापेस्टमा खेल्नेछ । पुस्कास एरिनामा हुने पोर्चुगल र हंगेरीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । पुस्कास एरिनामा मैदान उत्रदा पोर्चुगल सुखद सुरुवात गर्ने योजनामा हुनेछ । तर, घरेलु टिम हंगेरीलाई हराउन पोर्चुगललाई सहज भने हुनेछैन । मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। 

आज हुने दोस्रो खेलमा विश्वकप विजेता फ्रान्सले जर्मनीसँग खेल्नेछ। फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा फ्रान्स जीत निकाल्ने योजनामा हुनेछ। विश्व विजेता फ्रान्स पहिलो खेलमै बलियो टिम जर्मनीलाई हराएर उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ। तर, जर्मनीविरुद्ध उसैको मैदानमा जीत निकाल्न फ्रान्सलाई सहज भने हुने छैन। जर्मनी पनि फ्रान्सलाई हराएर सानदार सुरुवात गर्न चाहन्छ।

फ्रान्स र जर्मनीबीच अहिलेसम्म मुख्य प्रतियोगितामा ६ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुबै टोलीले २/२ खेल जितेको छ। दुई खेल भने बराबरीमा सकिएको छ।

Skip This
Skip This
Logo