कति छ आज सुनको मूल्य?

कति छ आज सुनको मूल्य?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज सुनको मूल्य स्थिर छ। सोमबार सुन ७ सयले घटेको थियो। आइतबार ६ सयले घटेको थियो।

गत हप्ता आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो। मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। बिहीबार ३ सयले घटेको भएपनि शुक्रबार ६ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३५५ मा कारोबार भइरहेको छ।

Logo