नेप्सेमा करेक्सन, ३.७२ अंकले गिरावट

नेप्सेमा करेक्सन, ३.७२ अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन मंगलबार शेयर बजारमा करेक्सन देखिएको छ। नेप्से परिसूचक ३.७२ अंकले घटेर ३ हजार २२.११ अंकमा सीमित भएको हो। आज नेप्से परिसूचक प्रि ओपनिङमा ३५.९८ अंकले बढेर ३०६१.८१ अंकमा पुगेको थियो। तर दिन भरि कारोबारमा आएको उतारचढावले  झिनो अंकले गिरावट आएको छ।

सोमबार नेप्से ४२.२४ अंकले बढेर अहिलेसम्मकै उच्चविन्दु ३ हजार २५.३४ अंकमा पुगेर कोरोबार बन्द भएको थियो।

आज कारोबारमा आएका २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर १६ अर्ब ५२ करोड २८ लाख ७४ हजार ९७९ रुपैयाँमा कारोबार भएको छ। 

मंगलबार उपसूमहतर्फ विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको सब इन्डेक्समा गिरावट देखिएको छ। त्यसैगरी होटल र पर्यटन, इन्भेष्टमेन्ट इन्डेक्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा वृद्धि भएको छ। 

आज सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीहरुमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, युनियन हाइड्रोपावर, हिमालयन डिष्टिलरी र एनआइसीएल कम्पनी छन्।

त्यसैगरी सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा छ्याङी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, वरुण हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतका छन्।

आज नेपाल धितोपत्र बोर्डले शेयर बजारमा विभिन्न ५१ वटा कम्पनीले कर्नरिङ गरि अप्राकृतिकरुपमा शेयर मूल्य बढाएको अध्ययन प्रतिवेदनसम्बन्धि समाचार प्रकाशित भएसँगै शेयर मूल्यमा गिरावट देखिएको शेयर विश्लेषकहरुले जनाएका छन्।

Skip This
Skip This
Logo