बागमती प्रदेश सरकारले कोरोनाका कारण बाबुआमा गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ।
त्यस्तै, कोरोना बाहेक अन्य कारणले बाबुआमा गुमाएका बालबालिकालाई पनि मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने भएको छ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै बागमती प्रदेशभित्रका नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन २ अर्ब बजेट विनियोजन गरेको छ।































प्रतिक्रिया