स्वास्थ्यमन्त्री एवं सिन्धुपाल्चोकका निवर्तमान सांसद शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको जनाउँदै उद्दार र राहतमा जुट्न अपिल गरेका छन् । केहीबेर अघि सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले यस्तो अपिल गरेका हुन् ।
उनले भनेका छन्,
मेलम्ची र इन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ। यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं। स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु ।
अन्तर्राष्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु। मलाई सम्पर्क गर्न 9851040821 मा गर्नुहोला। मेरो स्वकिय निर्मल बन्जारा 9851175310 हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला। आजै निरिक्षण हुने जानकारी गराउँदछु। खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।
मेलम्ची बाढीः ४० मिनेट आएको बाढीले वितण्डा मच्चायो, कम्तीमा ६ जना बेपत्ताः प्रमुख जिल्ला अधिकारी
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी पहिरोले कम्तीमा ६ जना बेपत्ता भएका छन्। प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले स्थानीयहरूले मेलम्चीमा आएको बाढीले उनीहरू बेपत्ता भएको जानकारी दिएको बताए।
उद्दार कार्य भने रातको समय भएकोले प्रभावित भएको उनको भनाइ छ।
‘एक जना ट्राउट माछा भएको क्षेत्रमा काम गर्दागर्दै बगेर बेपत्ता भएको जानकारी छ, अन्य ५÷६ जना पनि बेपत्ता भएको भनिएको छ’, उज्यालो हुञ्जेल उद्दार कार्य भयो, अँध्यारोमा सम्भव भएन’ प्रमुख जिल्ला अधिकारी पोखरेलले केन्द्रविन्दुलाई भने, ‘३०/४० मिनेट आएको बाढीले वितण्डा मच्यायो।’
उनका अनुसार मेलम्चीमा रहेको सशस्त्र प्रहरीको ब्यारेकसहित विभिन्न भौतिक संरचनामा पनि बाढीले क्षति पुर्याएको छ। बाढीका कारण तिम्बु बजार बगाएको छ। यसअघि नै बाढीको सम्भावना रहेको भन्दै मेलम्ची क्षेत्रका मानिसहरूलाई सतर्क रहन भनिएकाले क्षति कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
सिन्धुपाल्चोक प्रारम्भिक क्षतिहरु
नाकोटे पुल,
मेलम्ची खानेपानीको हेडवक्स,
तिम्बु बजार,
चनौटे बजार,
खोला किनारका ८ माछा फर्महरु,
खेतीयोग्य जमिन,
मेलम्ची बसपार्क,
मानवीय क्षतीको वास्तविक विवरण आएको छैन ।
मेलम्ची खानेपानीका ३५,४० जना कामदार सम्पर्क विहीन ।
त्यस्तै तिम्बुदेखि मेलम्चीबजार सम्मका १५ जना स्थानीय पनि सम्पर्कमा छैनन् ।































प्रतिक्रिया