युरोकपमा हंगेरीविरुद्ध खेल्दै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले एकैपटक तीन कीर्तिमान बनाएका छन् ।
हंगेरीविरुद्ध मैदानमा उत्रदै लगातार पाँचौ सिजन युरोकप खेल्ने कीर्तिमान बनाएका रोनाल्डोले मिचेल प्लाटिनीको ९ गोलको कीर्तिमानलाई भंग गर्दा युरोकपमा सर्वाधिक गोल (११) गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।
यस्तै उनी युरोकपको पाँच फरक संस्करणमा गोल गर्ने एक्ला खेलाडी बनेका छन् । रोनाल्डोले २००४ को संस्करणमा २, २००८ मा २, २०१२ र २०१६ मा समान ३–३ गोल गरेका थिए । यसपटक पहिलो खेलमै दुई गोल गरेका छन् ।































प्रतिक्रिया