घट्याे सुनको मूल्य, कतिमा कारोबार हुँदै?

घट्याे सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको चौथो दिन आज सुनको मूल्य घटेको छ। आज  सुन १ सयले घटेकाे हाे । सोमबार सुन ७ सयले घटेको थियो। आइतबार ६ सयले घटेको थियो। मंगलबार स्थिर रहेको थियो। 

गत हप्ता आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो। मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। बिहीबार ३ सयले घटेको भएपनि शुक्रबार ६ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९३ हजार १ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ६ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार ३६० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo