मंगलबार नेपाल धितोपत्र बोर्डले शेयर मूल्यमा चलखेल भएको भन्दै उच्च जोखिम भएका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि बुधबारको शेयर कारोबारमा पहिरो गएको छ।
निषेधाज्ञापछि लगाताररुपमा कारोबार रकम र नेप्से परिसूचक नयाँ रेकर्ड बनाउँदै आएको थियो। तर मंगलबारको नेपाल धितोपत्र बोर्डको विज्ञप्ति आएको भोलिपल्ट आज ब्रेक लागेको छ। बुधबार नेप्से परिसूचक ५२.३९ अंकले घटेर २ हजार ९६९.७२ अंकमा झरेको छ।
आज कारोबारमा आएका २१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१८ रुपैयाँमा कारोबार भएको छ। आज १५३ वटा कम्पनीको शेयर मूल्य घट्दा ६० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।
सब इन्डेक्सतर्फ माइक्रोफाइनान्स सब इन्स मात्रै २.६३ प्रतिशतले बढेको छ भने अन्य सबै इन्डेक्समा भारी गिरावट भएको छ। होटल तथा पर्यटन ५.१४ प्रतिशत विकास बैंक ४.०४ प्रतिशत, जलविद्युत् ४.७५ प्रतिशत, फाइनान्स ६.८ प्रतिशत, निर्जीवन बीमा कम्पनी, २.६ प्रतिशत, म्यानुफ्याक्चुिरङ एन्ड प्रोसेसिङ ३.१७ प्रतिशतले गिरावट भएको छ।
आज सबैभन्दा धेरै मूल्य गिरावट हुने कम्पनीमा जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स, नेपाल हाइड्रोपावर कम्पनी, छ्याङदी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, वेस्ट फाइनान्स कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर लगायतका कम्पनी छन्।
त्यस्तै, आज मूल्य बढ्ने कम्पनीमा सीएचडीसी, एफएमडीबीएल, युनियन हाइड्रोपावर, आरएसडीसी र सामूदायिक लघुवित्त कम्पनी रहेका छन्।































प्रतिक्रिया