चेक रिपब्लिक र क्रोएसियाबीचको खेल बराबरी

चेक रिपब्लिक र क्रोएसियाबीचको खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

युरोकप फुटबल अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकले क्रोएसियासँग बराबरी खेल्दै अंक बाडेको छ ।

हाम्पडेन पार्कमा शुक्रबारराति भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । 

तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचकाे गोलमा क्रोएसियाले बराबरी खेल फर्काए ।उनले आन्द्रे कर्मारीचको पासमा गोल गरेका हुन् ।

यस बराबरीसँगै समूह 'डी’ मा रहेको क्रोएसियाले २ खेलमा १ अंक जोडेको छ । क्रोएसिया तालिकाको तेस्रो स्थानमा रहेको छ । चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo