कोभिड–१९ को जोखिम कायमै रहेकाले यस वर्षको विश्व योग दिवसको मूल समारोह समितिको कार्यक्रम भर्चुअलरुपमा हुने भएको छ।
राष्ट्रियस्तरमा दिवस मनाउन नेपाल मन्त्रिपरिषद्को जेठ २६ गतेको निर्णयानुसार शिक्षा, विज्ञान र प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ (असार ७ गते) लाई विश्व योग दिवसका रुपमा मनाइन्छ।
मूल समारोह समितिको यही असार १ गते भर्चुअलरुपमा सम्पन्न मूल बैठकले दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यमबाट गर्ने तथा अन्य शिक्षण संस्था र संस्थालाई परिस्थिति हेरी भर्चुअल वा उपयुक्त खालका कार्यक्रम गर्न आग्रह गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र आयुर्वेद कार्यालय र सम्बन्धितलाई समावेश गरी सदस्यहरु तोक्न भनिएको छ।
समितिको सहसंयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरिया रहेका छन्। यस वर्ष सन् २०२१ को विश्व योग दिवसको थिम ‘योगा फर वेल–बिइङ’ रहेको छ ।





























प्रतिक्रिया