काठमाडौं महानगरको नगरसभा स्थगित

काठमाडौं महानगरको नगरसभा स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौ| महानगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  असार ३ मा नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।  तर, उपमेयसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए ।

यसअघि आफूसँग कुनै सल्लाह नगरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै काँग्रेसका जनप्रतिनिधिले विरोध गरेका थिए । असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नगरसभा सुरु भएकाे हाे । 

Skip This
Skip This
Logo