काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीले आइतबार अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले १९ औं आमरण अनशन तोडेका हुन् ।
यस्तै दशैं नजिकिएसँगै बजार सेल अफरले तातेको छ । व्यापारीहरुले दशैंको मुखमा पुरानो सामान कटाउन सेल अफर ल्याउने गर्छन् । यसपटक लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपरेको अवस्थाले गर्दा आर्थिक स्थितिमा सुधार ल्याउन पनि स्टक क्लियरेन्स गरी व्यापार बढाउने रणनीतिमा व्यापारिहरु देखिन्छन् । तर, यस्तो बजारमा उपभोक्ताहरु गुणस्तरमा ठगिन सक्ने भन्दै नियमनको आवश्यकता रहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।
उता रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनु पर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफुहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका हुन् ।
यता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत परियोजनामा भएको भ्रष्टाचारमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा संलग्न भएको बताएपछि अहिले यो विषयले निकै चर्चा पाइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज एक विज्ञप्ति जारी गदैै डा.भट्टराईलाई आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।
क्रिकेटर विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो टीमका लागि ६ हजार रन पूरा गरेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान समेत रहेका कोहलीले अविजित ९० रन बनाउँदै चेन्नई सुपरकिंग्स विरुद्धको खेलमा टिमका लागि ६ हजार रन पूरा गरेको हुन् । भिडियो :































प्रतिक्रिया