फिलिपिन्समा सञ्चालन हुने एसियन भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम झिके

फिलिपिन्समा सञ्चालन हुने एसियन भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम झिके

केन्द्रबिन्दु
0
Shares

अगष्ट २९ देखि फिलिपिन्समा सञ्चालन हुने एसियन महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन्। एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन्। 

प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, अष्ट्रेलिया, भारत, कोरिया, जापान, थाइल्याण्ड, काजकिस्तान, ताईवान, इरान, उज्वेकिस्तान, हङकङले सहभागीता जनाउनेछन्। यसअघि एभीसीले १७ वटा देशले प्रतियोगितामा सहभागीता जनाउने बताएको थियो। तर ५ देशले नाम फिर्ता लिएसँगै अब प्रतियोगिता खेल्ने देशको संख्या १२ भएको छ।

प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा सञ्चालन हुँदैछ। यसअघि प्रतियोगिता चीनमा हुने तय भएको थियो। तर, चीनले आयोजकको रुपमा नाम फिर्ता लिएपछि प्रतियोगिता फिलिपिन्समा सरेको हो। 

यस प्रतियोगितामा आयोजकसहित शीर्ष वरियताका १० राष्ट्रले सिधै सहभागीता जनाउन पाउँछन् । त्यसपछि वेस्ट एसिया, सेन्ट्रल एसिया, इस्ट एसिया, साउथ इस्ट एसिया र ओसियाका ५ राष्ट्र प्रतियोगिताका लागि छनोट हुने व्यवस्था छ।

बंगलादेशमा सम्पन्न पछिल्लो संस्करणको एभीसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि हात पारेपछि नेपालले एसियन च्याम्पियनसिपमा सहभागीता जनाउने निर्णय गरेको थियो। नेपालले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाउने तयारी गरेको छ। एसियन च्याम्पियनसिपको तयारीस्वरुप नेपालको महिला टिमले बन्द प्रशिक्षणसमेत सुरु गरिसकेको छ।

Skip This
Skip This
Logo