भेमाथाङ्ग चौरमा पहिरो गएपछि मेलम्ची खोलामा आकस्मिक बाढी: हेलम्बु गाउँपालिका

भेमाथाङ्ग चौरमा पहिरो गएपछि मेलम्ची खोलामा आकस्मिक बाढी: हेलम्बु गाउँपालिका

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ। आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले असार १ गते साँझ मेलम्ची खोलामा आकस्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ। 

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानी तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ। 

Skip This
Skip This
Logo