पोल्यान्ड र स्पेनको खेल बराबरी

पोल्यान्ड र स्पेनको खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ईको दोस्रो खेलमा स्पेन र पोल्यान्डले बराबरी खेल्दै अंक बाडेकाे छ । पोल्यान्ड र स्पेन १-१ को बराबरीमा रोकिएको हो ।

स्पेनका लागि खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलमा अग्रता लिएको थियो ।

दोस्रो हाफको ५४ औं मिनेटमा नै पोल्यान्डले खेल बराबरीमा ल्यायो । कामील जोज्वियाकले दायाँ विंगबाट दिएको क्रसलाई रोबर्ट लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस बराबरीसँगै स्पेनले २ खेलमा २ अंक जोडेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा छ ।

Skip This
Skip This
Logo