कोमल वलीको ‘ऐच्यै चत्तेरी’ सार्वजनिक (भिडियोसहित)

कोमल वलीको ‘ऐच्यै चत्तेरी’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वलीको शब्द रहेको (मौलिक) टिपिकल दंगाली भाषाको ‘ऐच्यै चत्तेरी’ बोलको गीत शुक्रबार रिलिज भएको छ। कोमल वलीकै आफ्नै युट्युव च्यानलमार्फत गीत सार्वजनिक भएको हो।

वलीको शब्दमा रहेको यस गीतमा उनकी बहिनी प्रज्ञा वली ‘शरद’ ले स्वर दिएकी छिन् । वलीले आफू जन्मिएको जिल्ला दाङवासीहरुको आफ्नै किसिमको भाषा, बोल्ने शैली लवजलाई शव्दमालामा जोडेकी हुन् । 

गीतमा संगीतकार गोविन्द मधुर आचार्यको संगीत रहेको छ भने, गीतलाई कृष्ण बडूले संगीत संयोजन गरेका छन् । यस्तै गीतको मिक्सिङ तथा मास्टरिङ भने श्यामश्वेत रसाईलीले गरेका छन् । 

दिव्य सुवेदीले छायांकन गरेको यस गीतको भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका हुन्। यस्तै गीत रेकर्डिङ भने प्रिज्मा स्टुडियोमा गरिएको हो। 

पवित्रा आचार्यले नृत्य निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा प्रज्ञा वली र शरद चौलागाईंको अभिनय देख्न सकिन्छ । यसबाहेक भिडियोमा हरि कालाथोकी, पूजा केसी, प्रेमप्रकाश वली, सविना बुढथापा, सुरेन्द्र महर्जन लगायतका कलाकारलाई पनि देख्न सकिन्छ। भिडियोलाई सम्पादन भने मिलन श्रेष्ठ र साहिल खानले गरेका हुन्।

 

Skip This
Skip This
Logo