जनता विकल्प खोजिरहेका छन्, त्यो क्षमता राप्रपासँग मात्र छ: कमल थापा

जनता विकल्प खोजिरहेका छन्, त्यो क्षमता राप्रपासँग मात्र छ: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु पर्ने बताएका छन्।

अध्यक्ष थापाले स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्नु पर्ने समेत बताएका छन्। जनता विकल्प खोजिरहेका र त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ भनी अध्यक्ष थापाले दाबी गरेका छन्। 

अध्यक्ष थापा सामाजिक सञ्जालमा लेख्छन्, 'स्थानीयतह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु जरुरी छ।

स्वास्थ्य सतर्कता पालना गर्दै अब महाधिवेशनको तयारीमा जुट्नु पर्छ। नविर्सौं जनता विकल्प खोजिरहेका छन्। त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ।'

Skip This
Skip This
Logo