काभ्रेमा आज ६० जना निको भए, ३७ संक्रमित थपिए

काभ्रेमा आज ६० जना निको भए, ३७ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज ३७ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ६० रहेको छ। आज १४ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ६९३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ७८७ जना रहेको छ ।

यस्तै निको हुनेको संख्या ९ हजार ७४४ र मृत्यु हुनेको संख्या २२५ पुगेको छ।

Skip This
Skip This
Logo