बेल्जियम समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो ।
समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो ।
फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो ।































प्रतिक्रिया