उरुग्वे र चिलीको बराबरी

उरुग्वे र चिलीको बराबरी

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका कपमा उरुग्वे र चिलीले बराबरी खेलेका छन् । मंगलबार बिहान भएको खेलमा चिलीले सुरुवाती अग्रता जोगाउन नसक्दा उरुग्वेसँगै १–१ गोलको बराबरी खेलेको हो ।

एरिना पान्टानल कुइउवा माटो ग्रासो ब्राजिलमा मंगलबार बिहान भएको खेलमा चिलीका इडुआर्डाे भार्गासले गोल गर्दा उरुग्वेले आर्टुरो भिडालको आत्मघाती गोल उपहार पाएको थियो ।

यो बराबरीपछि चिली ३ खेलबाट ५ अंक जोडेर समूह ‘ए’ मा दोस्रो स्थानमा रहँदा पहिलो अंक जोडेको उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । 

Logo