कोपा अमेरिका कपमा अर्जेन्टिनाले पाराग्वेमाथि १-० को जित हासिल गरेको छ । यो जितसँगै अर्जेन्टिना समूह ए बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले एंगेल डी मारियाको पासमा गोल गरेका थिए ।
समूह ए को आफ्नो पहिलो खेलमा चिलीसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा उरुग्वेलाई १-० ले हराएको थियो । उसले ३ खेलबाट ७ अंक जोडेको छ ।
१० देश सहभागी कोपा अमेरिकामा २ समूहमा खेलाइएको छ । हरेक समूहको शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन ।































प्रतिक्रिया