ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बागलुङमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्रयाक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रयाक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

Logo