लम्पट बन्नेहरूको आँखा खुलोस् : पूर्वप्रधानमन्त्री भट्टराई

लम्पट बन्नेहरूको आँखा खुलोस् : पूर्वप्रधानमन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले केपी ओली नेतृत्वका २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानका निर्माता नै संविधान विपरित गए पनि अदालतले सही गरेको टिप्पणी गरेका छन् । 

उनले ट्वीट गर्दै क्षणिक निजी स्वार्थ निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् भनेका छन् । संविधानको भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने बताएका हुन् । 

संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो।क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आॅखा खुलोस्! pic.twitter.com/kDGtj1D7fO

— Baburam Bhattarai (@brb1954) June 22, 2021

Skip This
Skip This
Logo