अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु

अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफगान वायुसेनाको कारबाहीमा चौध जना तालिबानी लडाकूको मृत्यु भएको छ।

रक्षा मन्त्रालयले सोमबार राति समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको कारबाहीमा तालिबानी विद्रोही लडाकूहरु मारिएको पुष्टि गरेको छ। तालिबानी लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले आक्रामक कारबाही गरेको बताएको छ।

मन्त्रालयले तालिबान समूहको आश्रय स्थल, पाँच वटा क्षेप्यास्त्र, दुई वटा भारी बन्दुक तथा सात वटा राइफल पनि ध्वस्त बनाइएको जनाएको छ। 

तालिबान समूहले पछिल्ला केही समयदेखि सरकारी सुरक्षा फौजलाई लक्षित गरी देशैभर हिंसात्मक घटनाहरु बढाएका छन्। खासगरी अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिकहरु आगामी सेप्टेम्बर ११ अगाबै स्वदेश फर्कन लागेसँगै तालिबानले देशव्यापी हिंसा मच्चाएको मानव अधिकारवादी समूहहरुले बताएका छन्।

गत महिना मात्र तालिबानले देशका ४० भन्दा बढी जिल्लाहरु आफ्नो नियन्त्रणमा लिएका छन्। पछिल्लो घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन।

Logo