युरोकपः यी हुन् अन्तिम १६ मा प्रवेश गर्ने १२ टिम, ४ टिमको आज टुङ्गो लाग्ने

युरोकपः यी हुन् अन्तिम १६ मा प्रवेश गर्ने १२ टिम, ४ टिमको आज टुङ्गो लाग्ने

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा १२ टिमले अन्तिम १६ मा स्थान बनाईसकेका छन् । अन्तिम १६ का लागि बाँकी ४ टिमको भने आज टुङ्गो लाग्नेछ । 

युरोपका विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपमा समूह ए बाट इटाली समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ भने, वेल्स समूह उपविजेता बन्दा स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो हुँदै अम्तिम १६ मा प्रवेश गरेको छ ।

यस्तै समूह बी बाट बेल्जियम समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने, डेनमार्क समूह उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ ।

यता, समूह सी बाट नेदरल्यान्ड्स समूह विजेता बनेको छ भने अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

समूह डी बाट इंग्ल्यान्ड समूह विजेता र क्रोएसियाले उपविजेता बन्दै नकआउटचरणमा स्थान बनाएका छन् । यस समूहबाट चेक रिपब्लिक उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा पुगेको छ । समूह ई  बाट भने स्विडेनले नकआउट चरणमा स्थान पक्का गरेको छ । यस्तै समूह एफ बाट फ्रान्सले पनि नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुँदैछन् । जसमा समूह ई र समूह एफ का २–२ खेलहरु हुनेछन् । आज राति हुने खेलमा स्पेन र स्लोभाकिया, स्विडेन र पोल्याण्डबीच, पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ।

Skip This
Skip This
Logo