कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई २-१ ले पराजित गरेकाे छ ।
साबिक विजेता ब्राजिलले खेलको अन्तिम समयमा गोल गर्दै लगातार तेस्रो जित हात पारेको छ ।
आज बिहान पौने ६ बजे भएको खेलमा ब्राजिल विजयी भएकाे हाे । सुरुमा गोल खाएर दबाबमा परेको ब्राजिलले कोलम्बियामाथि २-१ को पुनरागमन जित हात पारेको हो । यो खेलअघि नै ब्राजिलले अन्तिम ८ मा स्थान बनाइसकेको थियो ।































प्रतिक्रिया