सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ।
आजको सुनुवाइमा पनि विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटको पक्षका अधिवक्ताहरूले बहस गर्ने भएका छन्।
आज कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, मुक्ति प्रधान, रमण श्रेष्ठ र टीकाराम भट्टराईले बहस गर्नेछन्। उनीहरुको बहस सकिएपछि सरकारी पक्षको पालो आउनेछ।
सरकारी पक्षबाट भने वरिष्ठ अधिवक्ता सुशील पन्त, महान्यायाधिवक्ता रमेश बडाल, सहमहान्यायधिवक्ता, नायब महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्नेछन्।
सर्वोच्चले निवेदकहरुलाई बहसका लागि छुट्याएको १५ घन्टाको समयमा करिव ४ घण्टा सकिएकाले बाँकी समयमा निवेदकहरूले बहस गर्नु पर्नेछ।
बुधबारको बहसमा पाँच जना कानून व्यवसायीले बहस गरेका थिए। जसमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए।































प्रतिक्रिया