दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाका हत्यारा पक्राउ

दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाका हत्यारा पक्राउ

केन्द्रबिन्दु
0
Shares

दक्षिणकालीको जंगलमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्यारालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। 

महानगरीय अपराध महाशाखाले मृतक सुब्बाको हत्यारा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली नगरपालिकामा बस्ने २९ वर्षिय सुरेश तिमल्सिनालाई बिहीबार सार्वजनिक गरेको हो। सुब्बालाई दक्षिणकाली नगरपालिका–७ को दक्षिणकाली मन्दिरस्थित जंगलपरिसरको पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा मंगलबार मृत अवस्थामा भेटिएको थियो। 

असार ६ गते मृतक सन्तोषी सुब्बाले अभियुक्त सुरेश तिमल्सिनालाई खाने र बासको समस्या भएको बताएपछि तिमल्सिनाले खाना र सुत्ने व्यवस्था आफूले काम गर्ने बसमा मिलाइदिन्छु भनी दक्षिणकालीको जंगलमा लगेर जर्बजस्ती गर्न खोजेको र मृतकले प्रतिकार गर्न खोज्दा घाँटी थिचि हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुवेर खापुङले बताए।

अभियुक्तलाई लुकिछिपी बसेको अवस्थाबाट काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। अभियुक्तको साथबाट घटनाको बेलामा लगाएका कपडाहरु, मृतकको मोबाइल र मेमोरी कार्डसमेत फेला परेको प्रमुख खापुङले बताए। 

त्यस्तै महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आयात गोदामबाट १३ थान ल्यापटप चोरी गर्ने २९ वर्षीय विष्णु अधिकारीलाई चोरी भएको ल्यापटपसहित पक्राउ गरेको बताएको छ। पक्राउ परेका अधिकारीलाई चोरी सम्बन्धि कसुरमा कारबाही चलाउने प्रहरीले बताएको छ।

Skip This
Skip This
Logo