राष्ट्रपति भण्डारीले गरिन् ११ आयोगमा २० जनाको नियुक्ति

राष्ट्रपति भण्डारीले गरिन् ११ आयोगमा २० जनाको नियुक्ति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गरेकी छिन्।

राष्ट्रपति कार्यालयबाट जारी सूचनामा लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मीलाई नियुक्त भएका छन्। आयोगकै सदस्यहरूमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको रूपमा हरि पौडेल र सुमिना श्रेष्ठ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, महिला आयोगको सदस्यहरूमा जया घिमिरे र सावित्राकुमारी शर्मा, र दलित आयोगमा सुन्दर पुर्कुटी नियुक्त भएको सूचनामा उल्लेख छ।

यस्तै राष्ट्रिय समावेशी अयोगमा डा. रामकृष्ण तिमल्सेना, पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री, आदिवासी जनजाति आयोेगमा सूर्यबहादुर गुरुङ, मधेसी आयोगमा आभाकुमारी, थारु आयोगमा डा. उमाशंकरप्रसाद चौधरी, शान्ति मोदी र मुस्लिम आयोगमा मोहम्मद समशुल हक नियुक्त भएका छन्। 

निर्वाचन आयोगमा सगुन शम्शेर जबराले पनि नियुक्ति पाएका छन्। संवैधानिक सुनुवाइ विना उनीहरूको नियुक्ति भएको हो।

Skip This
Skip This
Logo