मन्त्री श्रेष्ठले सम्हाले स्वास्थ्य मन्त्रालय, अन्य मन्त्रीलाई पनि जिम्मेवारी सम्हाल्न भ्याई नभ्याई

मन्त्री श्रेष्ठले सम्हाले स्वास्थ्य मन्त्रालय, अन्य मन्त्रीलाई पनि जिम्मेवारी सम्हाल्न भ्याई नभ्याई

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले जनताले चुनाव अघि नै कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने बताएका छन्।

उनले भने, ‘जनताले मध्यावधि चुनाव अघि नै कोरोना विरुद्धको खोप लगाउन पाउनेछन्।’
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले भने, ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं, ढुक्क हुनुहोस खोप लगाउन पाईन्छ ।’

सर्बोच्च अदालतले गएको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक विस्तार गरेको मन्त्रिमण्डल अमान्य हुने निर्णय गरेसँगै २० वटा मन्त्रालय खालि भएको थियो।

उक्त २० मन्त्रालय प्रधानमन्त्री ओलीसहित अहिले बाँकी रहेका पाँच जनाले संचालन गरिरहेका छन्।

मन्त्री श्रेष्ठको भागमा भने वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परेको थियो।

थप जिम्मेवारी पाएका मन्त्रीहरु अहिले मन्त्रालयको जिम्मेबारी सम्हाल्न व्यस्त छन्। मन्त्री श्रेष्ठले शुक्रबार श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने बुझिएको छ।

Skip This
Skip This
Logo