राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन भइरहेको छः प्रधानमन्त्री ओली

राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन भइरहेको छः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन गरिरहेको बताएका छन्।

जसले राष्ट्रपतिलाई गालि गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको ओलीले टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनमा रहेका पूर्वप्रधानमन्त्रीहरुलाई भूत–पूर्वहरुको लस्करको संज्ञा दिएका छन्।

ओलीले भने, हिजो पनि भूत–पूर्वहरुको लस्करले प्रेस मिट गरेको देखेको थिएँ, त्यसमा पनि राष्ट्रपतिमाथि राष्ट्रपतिभन्दा त राजै राम्रो भन्नसम्म उहाँहरु पुग्नु भयो।

प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधिसभा भंग गरेपछि आजसम्म पनि राष्ट्रपति संस्था र व्यक्तिमाथि आफ्नै पार्टी र विपक्षीले प्रश्न उठाईरहेका बेला उनले पटक पटक राष्ट्रपति संस्था र व्यक्तिको बचाउ गर्ने गरेका छन्।

ओलीले राष्ट्रपतिलाई संबिधानले नै सिमित अधिकार दिएको र त्यसमा सिमित रहने बताउने गरेका छन्। ओलीले रिसाएको बेला बिरालोले खाँबा चिर्थोने गरेको समेत बताए।

Skip This
Skip This
Logo