युरोकपः इटाली पुग्यो क्वाटरफाइनलमा, अस्ट्रिया बाहिरियो

युरोकपः इटाली पुग्यो क्वाटरफाइनलमा, अस्ट्रिया बाहिरियो

केन्द्रबिन्दु
0
Shares

अष्ट्रियालाई स्तब्ध पार्दै इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको अन्तिम १६ को खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

इटालीका लागि ९५ औँ मिनेटमा फेदेरिको किएसा र १०५ औँ मिनेटमा मातेओ पेसिनाले गोल गरे। अस्ट्रियाका लागि सासा कालाज्ड्जिकले ११४ औँ मिनेटमा एक गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन।

निर्धारित ९० मिनेटको समयमा अस्ट्रियाका मार्को अर्नाउतोवीचले गोल गरेका थिए, तर सो गोलले मान्यता नपाउँदा खेल अतिरिक्त समयमा गएको हो ।

अब इटालीले जुलाई २ मा हुने क्वाटरफाइनलको खेलमा आइतबार राति हुने बेल्जियम र साबिक विजेता पोर्चुगलबीचको खेलको विजेतासँग खेल्नेछ।

उता शनिबार नै भएको खेलमा डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ। उसले वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

Skip This
Skip This
Logo