कांग्रेसले पूर्वनिर्धारित समयभित्रै क्रियाशील सदस्यता वितरणलाई टुंगो लगाउने

कांग्रेसले पूर्वनिर्धारित समयभित्रै क्रियाशील सदस्यता वितरणलाई टुंगो लगाउने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरि क्रियाशील सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ।

नेपाली कांग्रेस पार्टीभित्रको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरणकार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए। आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरु सम्मिलित बैठक कार्यतालिका अनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रीत भएर छलफल अघि बढेको उनले जानकारी दिए। 

पार्टीको वडादेखि केन्द्रसम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्वसर्तको रुपमा रहेका क्रियाशील सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उनले बताए। बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजकसमेत रहेका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशील सदस्यताको नवीकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिए।

पार्टीको आन्तरिक समायोजनका कारणले बारामा, बर्दियामा पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामो समयसम्म समायोजन सम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । ती सबै जिल्लामा अहिले क्रियाशील सदस्यता वितरणको काम भइरहेको नेता लेखकले जानकारी दिए। नेता खरेलले कांग्रेसले जारी गरेको कार्यतालिकाकै समयमा स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरि क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाए।

नेता लेखकका अनुसार २ जिल्ला बाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरु आएका छन्। ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउदै लगिएको उनले बताए। क्रियाशील सदस्यहरु नै मतदाता पनि भएकाले महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यताको विषय टुंगो लगाउने कार्य जटिल भएको नेता लेखकले बताए।

Logo