नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार, आज ५ अंकको वृद्धि

नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार, आज ५ अंकको वृद्धि

केन्द्रबिन्दु
0
Shares

गत हप्ता तीव्र उतारचढाव आएको शेयर बजार यो साता विस्तारै सुधार हुन थालेको छ। आइतबार २७ अंकले बढेको नेप्से  सोमबार ५ अंकले वृद्धि भएको छ। यससँगै नेप्से सूचक २ हजार ८७५ विन्‍दुमा उक्लिएको छ।

त्यस्तै आइतबार सवा सात अर्ब हाराहारीको कारोबार भएकोमा सोमबार भने करिब पौने आठ अर्ब रुपैयाँको किनबेच भएको छ।

आज कारोबार भएकामध्ये सर्वाधिक मूल्य बढ्ने कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरु अघि देखिएका छन्। आज २१९ कम्पनीको एक करोड ९२ लाख कित्ता धितोपत्र कारोबार भए। समग्रमा कुल सात अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

सबैभन्दा धेरै शेयर मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त नै रहेका छन्। जसमा सबैको लघुवित्त र सिभिल लघुवित्तको शेयर मूल्य ८/८ प्रतिशतले बढ्दा सामुदायिक, मिथिला रआशा लघुवित्तको पनि ४/४ प्रतिशतसम्मले बढेको छ। 

अर्कोतर्फ, शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीमा भने फाइनान्स र जलविद्युत समूहका कम्पनी बराबर छन्। बेष्ट, रिलायन्स र आइसिएफसी फाइनान्सको शेयर मूल्य चारदेखि पाँच प्रतिशतले घट्दा राधि र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य पनि चार, चार प्रतिशतले नै घटेको छ।

माथिल्लो तामाकोशीको सर्वाधिक रकम (करिब ६७ करोड रुपैंयाँ) को शेयर किनबेच हुँदा नेपाल इन्स्योरेन्स र राधि विद्युतको ५२/५२ करोड, एनआइसी एसियाको ५० करोड र सेन्चुरी कमर्सियल बैंकको २८ करोड रुपैंयाँको शेयर किनबेच भएको छ।

Skip This
Skip This
Logo