कांग्रेस प्रचण्डपथमा हिँडेको प्रधानमन्त्रीको आरोप (भिडियोसहित)

कांग्रेस प्रचण्डपथमा हिँडेको प्रधानमन्त्रीको आरोप (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गरेका छन्। जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बोल्दै ओलीले कांग्रेसका नेताहरु यतिबेला नाथुराम गोड्से खोजी गर्ने र फेला नपरे नाथुराम गोड्से आफैं हुने तहसम्म पुगेको आरोप लगाएका छन्। यस्तै एमालेकै नेता माधवकुमार नेपाल शेरबहादुर देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर बनेर हिडिरहेको ओलीको टिप्पणी छ। नेता नेपालले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको पनि प्रधानमन्त्रीको भनाइ छ। 

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थपिएको छ। उपत्यकाका तीनै जिल्लाका  प्रमुख जिल्ला अधिकारीको सोमवार बसेको बैठकले विभिन्न प्रावधान खुकुलो बनाउँदै निषेधाज्ञा एकसाता लम्ब्याएको हो। एक साताको लागि थपिएको निषेधाज्ञामा अब पसलहरु दैनिक खुल्ने भएका छन् भने, मंगलबारलदेखि लागू हुने निषेधाज्ञामा जोर विजोरका आधारमा सार्वजनिक यातायात पनि सञ्चालन गर्न सरकारले अनुमति दिएको छ।

नेपाल अध्यागमन विभागले सोमबार प्रणाली सिर्जित क्यूआर कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेको छ। क्यूआर कोडसहितको नेपाली कोडबाट सिधै छपाइ रहने भिसा प्रणालीको सुरुवातसँगै अब, विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने भएका छन्। यसै प्रसंगमा गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने सुझाव पेश गरेका छन्।

अमेरिकी रक्षा मन्त्रालयले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु गरेको जनाएको छ। अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट रहेको प्रतिक्रियासहित हवाई आक्रमण गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको हो। यद्यपि अमेरिकाले हमलामा के कति घाइते भए वा मारिए भन्ने बताएको छैन। 

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन्। नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति स्पेन र क्रोएसिया तथा फ्रान्स र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। डेनमार्कको पार्केन एरिनामा हुने आजको पहिलो खेलमा स्पेन र क्रोएसिया भिड्नेछन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जीत निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन्।

Skip This
Skip This
Logo