नेपाली कांग्रेसका तीन नेताबीच आज छलफल सुरु भएको छ। सवा बाह्र बाजेबाट कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल सुरु भएको हो।
छलफलमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला उपस्थित छन्। तीनै नेताहरुबीच कांग्रेसको १४ औं महाअधिवेशन केन्द्रीत छलफल हुने प्रकाशमान सिंहका प्रेस संयोजक युपी लामिछानेले केन्द्रबिन्दुसँग भने।
तीन नेताबीच लञ्चसहितको बैठक भइरहेको छ, एकघन्टा हुन लाग्यो छलफलमा जुट्नु भएको, छलफल महाअधिवेशन केन्द्रीत नै रहेको छ, उनले भने।
महाधिवेशनमा नेतृत्वको दाबी गर्दै आएका तीन नेताहरुले यसअघि निधि निवास र कोइराला निवासमा छलफल गरिसकेका छन्।
महाअधिवेशनको सरगर्मी बढेसँगै उनीहरु दैनिकजसो नै छलफलमा व्यस्त छन्।





























प्रतिक्रिया