जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा

जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा उपाधी दाबेदार जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ।

लन्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति भएको प्रिक्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो।

इङ्ल्यान्डलाई जीत दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक, एक गोल गरे। जीतसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ। जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ।

इङ्ल्यान्डले समूह डी को विजेता बन्दै राउण्ड अफ १६ मा स्थान बनाएको थियो। इङ्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो।

यता जर्मनीले भने समूह एफबाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो। जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो।

Logo