सातामा निरन्तररुपमा ओरालो लागिरहेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ।
मंगलबार ४७.४९ अंकले ओरालो लागेकोमा आज ४.१३ अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.१३ अंकले घटेर २ हजार ८२३.८८ विन्दुमा झरेको हो ।
नेप्से परिसूचक मात्रै होइन नियमितरुपमा कारोबार रकममा समेत तिब्र गिरावट आइरहेको छ। आज कारोबारमा आएका २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ५ अर्ब ८३ करोड बराबरको मात्र कारोबार भएको छ । यस अघि एकै दिन कारोबार रकम १९ अर्ब ५० करोडमाथि पुगेको थियो ।
आज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० करोड ३७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ भने सबैभन्दा कम हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ९ करोड ३९ लाख बराबरको कारोबार भएको छ।





























प्रतिक्रिया