अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी परेका छन्। नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ।
ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा रहेका छन्। यस अघि उनी ६१ औं स्थानमा रहेको थियो । कुशल बंगलादेशका शकिब अल हसनभन्दा अघि रहेका छन्।
घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन्। नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८ औं स्थानमा यथावत रहेका छन्।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९२ औं स्थानमा रहेका छन्। उनको दुई स्थान सुधार भएको हो । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७६ औं स्थानमा यथावत रहेका छन् । नेपाल टी–ट्वान्टी वरीयताको १३ औं स्थानमा यथावत रहेको छ।





























प्रतिक्रिया